बिना कण्डमको प्रयोग पनि गर्भ नरहने गरि यौन सम्पर्क राख्न सकिन्छ। तर कसरि ?

बिना कण्डमको प्रयोग पनि गर्भ नरहने गरि यौन सम्पर्क राख्न सकिन्छ। तर कसरि ? : Icon Khabar

काठमाडौँ, फागुन १२ । गर्भ नरहन इम्लानटको प्रभावकारिता ९९.९५ प्रतिशत, कपरटिको ९९.२० प्रतिशत छ भने तिन महिने सुई को ९७ प्रतिशत छ ।कण्डम नियमित रूपमा सही तरिकाले प्रयोग गर्दा यसको प्रभावकारिता ९८ प्रतिशत सम्म हुन सक्छ ।

तर सामान्य रूपमा प्रयोग गर्दा ८५ प्रतिशत सम्म देखिएको छ । बाह्य स्ख”ल”नको विधिलाई सही ढङ्गले प्रयोग गर्दा यसको प्रभावकारिता ७३ प्रतिशत सम्म मात्र हुन्छ ।वीर्य स्खलन योनी भित्रै भएको स्थितिमा पनि गर्भ धारणका लागि डिम्ब निष्कासनको समयसँग तालमेल मिल्नु आवश्यक छ ।

श्रीमान् कत्तिको अभ्यस्त छन् यस कुराले पनि प्रभाव पार्छ । वीर्य स्खलन हुनु ठिक अघि योनीबाट लिङ्ग झिक्ने विधि अपनाए पनि अभ्यस्त नभएका व्यक्तिका लागि यो तरिका अपनाउन गाह्रो हुन्छ ।

अब वीर्य स्खलन हुने लाग्यो भनेर राम्रोसँग थाहा नपाउँदा लिङ्ग झिक्न ढिलो भई वीर्य योनी भित्रै या योनी खेत्रमा खस्न सक्छ । यस्तो अवस्थामा पनि अवलम्बन गरिएको विधि काम नलाग्ने भई दिन्छ ।

त्यस बाहेक उत्तेजनाको श्रोत जे सुकै भए पनि यौन उत्तेजना भए पछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ । यसमा सामान्यतया शुक्र किट हुदैँन । त्यसैले सामान्य अवस्थामा सम्पर्कबाट गर्भ रहदैन । तर कतिपय अवस्थामा यदि केहि समय पहिले हस्त मैथुन गरेर वा यौन सम्पर्क गरेर वीर्य स्खलन गरेको भए गर्भ रहने सम्भावना ज्यादै रहन्छ ।

Published Date: 24 February 2023


ताजा
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आज आइतबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु